• ४ साउन २०८३, सोमबार
  • ३:२५ बिहान

कामना सेवा विकास बैंकको नाफा ५८ करोड ८६ लाख

प्रकाशित मिति

२०८३ बैशाख ६ गते, आईतवार १०:१३

६ बैशाख २०८३ काठमाडौं – कामना सेवा विकास बैंकले चैत मसान्तसम्म ५८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा १९.३७ प्रतिशत बढेको छ । बैंकले गत आवको सोही अवधिमा ४९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंक खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको, इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा बढेको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

Kamana Sewa

यस्तै सञ्चालन नाफा १८.३४ प्रतिशत बढेर ८४ करोड ७४ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १६.४६ प्रतिशतले घटेर ४१ करोड ७६ लाख रहेको छ ।

Classic Tech Desktop

४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको निस्कृय कर्जा ४.२७ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुगेको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिकृया