• ७ असोज २०८३, बुधबार
  • ८ः५९ राती

ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार १२:४९

२६ चैत,२०८२ काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ र शल्यक्रियाको योजना सोमबारका लागि बनाइएको छ।

National Life

चिकित्सकले भने, “अहिले स्वास्थ्य अवस्था स्थिर छ। हामीले शल्यक्रियाको तयारी सोमबारलाई योजना बनाएका छौं। सायद त्यसभन्दा अगाडि डिस्चार्ज हुन हुन्न होला।” शल्यक्रियाबारे ओलीसँग छलफल गरेर अन्तिम निर्णय लिइने बताइएको छ।

यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृह प्रशासनबाट कारबाही प्रक्रिया अघि बढाइएपछि प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको थियो। आवश्यक प्रक्रिया पूरा गरी उनलाई पछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

अस्पतालमा प्रारम्भिक परीक्षणका क्रममा मुटुको धड्कनमा समस्या देखिएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स–१ मा भर्ना गरिएको थियो। ओलीको गिरफ्तारीसँग सम्बन्धित विषयमा उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। सर्वोच्च अदालतले २३ चैतमा अनुसन्धान २६ चैतसम्म टुंग्याउन आदेश दिएको थियो।

प्रहरीले पछि नियन्त्रणमुक्त गरेपछि ओलीकी पत्नी राधिका शाक्य उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।

प्रतिकृया