• १७ असोज २०८३, शनिबार
  • २ः२३ राती

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ सकियो, आजै फैसला आउने

प्रकाशित मिति

२०८२ चैत्र २३ गते, सोमबार ०५:४९

२३ चैत,२०८२ काठमाडौं – केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक को बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज सकिएको छ।सर्वोच्च अदालत मा न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेल को इजलासमा सोमबार सुनुवाइ सम्पन्न भएको हो।

National Life

उक्त मुद्दामा आजै फैसला आउने अपेक्षा गरिएको छ। आइतबार ओली र लेखकको पक्षबाट कानुन व्यवसायीहरूको बहस सकिएको थियो भने आज महान्यायाधिवक्ता कार्यालय का तर्फबाट सरकारी वकिलले बहस गरेका थिए।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउपछि कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। उक्त आन्दोलनका क्रममा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रतिकृया