• १७ असोज २०८३, शनिबार
  • २ः२० राती

प्रतिनिधिसभामा आज एक घण्टा ‘विशेष समय’ सञ्चालन गर्ने

प्रकाशित मिति

२०८२ चैत्र २३ गते, सोमबार १२:३६

२३ चैत,२०८२ काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आज (चैत २३) बस्ने बैठकमा एक घण्टाको ‘विशेष समय’ सञ्चालन गर्ने निर्णय गरिएको छ। सोमबार सिंहदरबारमा डोलप्रसाद (डीपी) अर्यालको आह्वानमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्।

National Life

बैठकले प्रतिनिधिसभा नियमावली तयार गर्न मस्यौदा समिति गठन गर्ने निर्णयसमेत गरेको छ। साथै, कार्यव्यवस्था परामर्श समिति गठन गर्ने सहमति पनि भएको बैठकमा सहभागी सांसदहरूले जानकारी दिएका छन्।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया