• १८ असोज २०८३, आइतबार
  • ४ः३६ बिहान

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजपनि सुनुवाइ

प्रकाशित मिति

२०८२ चैत्र २३ गते, सोमबार १०:२६

 २३ चैत,२०८२ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी रहने भएको छ। आइतबार सर्वोच्च अदालत का न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो। तर बहस नसकिएपछि मुद्दा ‘हेर्दा हेर्दै’मा राखिएको थियो।

National Life

आइतबार निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ भने आज सरकार पक्षका वकिलहरूले बहस गर्ने कार्यक्रम रहेको छ। यसअघि फरक–फरक इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षले लिखित जवाफ पेश गरिसकेकाले मुद्दा अहिले संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।

भदौ २३ र २४ गते भएको आन्दोलनसम्बन्धी जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया