• १८ असोज २०८३, आइतबार
  • ८ः४९ बिहान

राष्ट्रियसभा उपाध्यक्षमा एमाले सांसद् लिलाकुमारी भण्डारी निर्विरोध

प्रकाशित मिति

२०८२ चैत्र २२ गते, आईतवार ०३:५६

२२ चैत,२०८२ काठमाडौं – राष्ट्रियसभाको उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। उपाध्यक्ष पदका लागि तोकिएको समयभित्र भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ।

National Life

सहप्रवक्ता अनन्त कोइराला का अनुसार आइतबार साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ता समय निर्धारण गरिएको थियो।

भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहेका छन्। समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेकपाकी सांसद मदनकुमारी शाह गरिमा रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया