आजदेखि लागुभयो सरकारी कार्यालय बिहान ९ देखि बेलुकी ५ बजेसम्म
प्रकाशित मिति
२०८२ चैत्र २३ गते, सोमबार १०:४३
२३ चैत,२०८२ काठमाडौं – मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नयाँ कार्यालय समय लागू गरिएको हो।
यसअघि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। जाडोयाम (कात्तिक १६ देखि माघ १५ सम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने व्यवस्था थियो।
सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म कायम गर्ने निर्णय गरेको जनाएको छ। सो निर्णय सम्बन्धी सूचना नेपाल राजपत्र मा हिजो नै प्रकाशित भइसकेको छ।
यसअघि पनि २०७९ साल जेठ १ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अभ्यास लागू गरेको थियो।








प्रतिकृया