नव निर्वाचित सभामुख अर्यालको आज शपथ
प्रकाशित मिति
२०८२ चैत्र २२ गते, आईतवार ०९:३३
२२ चैत,२०८२ काठमाडौं – प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद अर्याल ले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज दिउँसो २:३० बजे शीतल निवास मा शपथ ग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थद्वारा जारी सूचनामा शपथ कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा संसद सचिवालयका अधिकारीहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।

यसअघि शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेको थियो। त्यसपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उनको प्रस्तावकमा रवि लामिछाने रहेका थिए भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए।

प्रतिनिधिसभाको आजको बैठकबाट औपचारिक प्रक्रिया पूरा भएपछि शपथ ग्रहण कार्यक्रम सम्पन्न हुने तयारी गरिएको छ।
Related
Recent News
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
- यस्तो छ आजको मौसम
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया