• १७ असोज २०८३, शनिबार
  • ३ः५४ राती

राइड सेयरिङ चालकको प्रदर्शन: भाडा समायोजनदेखि बीमा सुधारसम्म माग

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०१:४४

१६ चैत,२०८२ काठमाडौं – नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको आरोप लगाउँदै स्वतन्त्र चालक फाउन्डेसनले सोमबार माइतीघरमा प्रदर्शन गरेको छ।

National Life

पेट्रोलको मूल्य वृद्धि भएको अवस्थामा भाडा समायोजन, कम्पनीको कमिसन घटाउने, बीमा प्रभावकारी रूपमा लागू गर्ने लगायतका माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन्। माइतीघरमा मोटरसाइकलसहित भेला भएका राइडरहरूले सहरका विभिन्न स्थानमा र्‍यालीसमेत गरेका थिए।

आफ्ना मागहरू लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीसँग उठाउँदै आए पनि बेवास्ता गरिएको गुनासो उनीहरूको छ। माग पूरा नभए राइड सेयरिङ सेवा नै बन्द गर्ने चेतावनी दिँदै उनीहरूले आन्दोलनलाई देशव्यापी बनाउने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया