• १७ असोज २०८३, शनिबार
  • ३ः१७ राती

ओलीलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा उपस्थित गराउने तयारी

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ११:४९

१५ चैत,२०८२ काठमाडौं – केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ। स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेन्समार्फत पेश गर्ने तयारी गरेको हो।

National Life

शनिबार बिहान गुन्डुबाट पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूको सिफारिसअनुसार उनलाई अस्पतालमै राखिएको छ। स्रोतका अनुसार अदालत, प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसअघि पक्राउ परेका रमेश लेखकलाई भने अदालतमा भौतिक रूपमा उपस्थित गराइसकिएको छ। ओली र लेखक दुवैलाई जेन–जी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया