• १७ असोज २०८३, शनिबार
  • ३ः१७ राती

देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान, घर भत्काउन प्रहरीद्वारा रोक

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ११:३७

१५ चैत,२०८२ काठमाडौं – शेरबहादुर देउवाको सम्पत्तिमाथि सरकारले अनुसन्धान अघि बढाएको छ। सो क्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दायर उजुरीका आधारमा अनुसन्धान थप तीव्र पारिएको स्रोतहरूले जनाएका छन्।

National Life

प्रमाण नष्ट हुनसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने काम प्रहरीले रोक लगाएको छ। अनुसन्धानमा असर पर्न सक्ने भन्दै यस्तो निर्णय गरिएको बताइएको छ।

स्रोतका अनुसार पछिल्लो समय जयवीर देउवा र नजिकका नातेदारका नाममा करिब ७३ रोपनी जग्गा खरिद भएको विवरण पनि संकलन गरिएको छ। साथै विभिन्न व्यक्तिहरूसँगको आर्थिक कारोबारबारे समेत छानबिन भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जेन–जी आन्दोलनका क्रममा देउवा परिवारको निवासमा आक्रमण र आगजनी भएको थियो। सो घटनापछि क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको हो। हाल देउवा परिवारसँग सम्बन्धित सम्पत्ति र वित्तीय कारोबारबारे अनुसन्धान जारी रहेको छ।

प्रतिकृया