• ३१ भदौ २०८३, बुधबार
  • ६ः२२ बेलुका

आज चैत शुक्ल नवमीका दिन राम नवमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०९:१३

१३ चैत,२०८२ काठमाडौं –  चैत शुक्ल नवमीका अवसरमा मर्यादा पुरुषोत्तम श्रीराम को जन्मोत्सव अर्थात् राम जयन्ती आज देशभर धुमधामका साथ मनाइँदैछ। असत्य र अन्धकारमाथि सत्य र मर्यादाको विजयको प्रतीक मानिने यस पर्वमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घर तथा विभिन्न मन्दिरमा पूजा–आराधना गरिरहेका छन्।

National Life

काठमाडौँ उपत्यकाको राम मन्दिर बत्तीसपुतली मा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने जनकपुरधाम स्थित रामजानकी मन्दिर मा पनि पूजाअर्चनाका लागि ठूलो भीड देखिएको छ। त्यहाँ आज विशेष मेला समेत लाग्दैछ, जहाँ नेपालसँगै भारतबाट पनि हजारौँ श्रद्धालु भक्तजन सहभागी भएका छन्।

भक्तजनहरूले पवित्र गङ्गासागरमा स्नान गरी मन्दिरमा पूजाआजा गर्ने, व्रत बस्ने, रामायण तथा रामगीता पाठ गर्ने परम्परा रहेको छ। साथै, रामभक्तियुक्त भजन–कीर्तनका साथ राति जाग्राम बस्ने चलन पनि रहिआएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

धार्मिक शास्त्रअनुसार श्रीरामले परिवार, समाज र राज्यमा पालन गर्नुपर्ने मर्यादाको आदर्श प्रस्तुत गरेका कारण उनलाई ‘मर्यादा पुरुषोत्तम’ भनिएको हो। उनको शासन ‘राम राज्य’ का रूपमा न्याय र सुशासनको नमूनाका रूपमा लिइन्छ।

प्रतिकृया