• ३१ भदौ २०८३, बुधबार
  • ९ः५६ राती

घुस प्रकरण: हेटौंडाका यातायात कार्यालयका अधिकृतसहित दुईविरुद्ध मुद्दा दायर

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०७:३७

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडास्थित यातायात व्यवस्था कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवाल र बिचौलियाका रूपमा काम गर्ने लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

National Life

आयोगका अनुसार सवारी सरुवा सहमति गराइदिने नाममा सेवाग्राहीसँग ११ हजार ५०० रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। अनुसन्धानबाट दुवैजनाले आपसी मिलेमतोमा घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारले भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगो बराबर जरिवाना तथा पौडेललाई समेत सोही ऐनअनुसार सजायको माग दाबी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया