• १९ असोज २०८३, सोमबार
  • ७ः०५ बेलुका

इटहरीमा भीषण आगलागी, दमकल अभावबीच नियन्त्रण प्रयास जारी

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ११:२७

११ चैत,२०८२ काठमाडौं- इटहरी को इटहरी चोक नजिक धरान रोडमा रहेको पूर्वाञ्चल क्याफे मा भीषण आगलागी भएको छ। इटहरी चोक नजिकै गोर्खा डिपार्टमेन्ट स्टोर पछाडि सञ्चालनमा रहेको क्याफेमा लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

National Life

स्थानीयका अनुसार हाल इटहरीमा दमकलको अभाव रहेको छ। जेनजी आन्दोलनका क्रममा यहाँका दमकल जलेपछि आगो नियन्त्रणमा कठिनाइ भएको बताइएको छ। अहिले धरान र सुन्दरहरैंचा बाट आएका दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

आगलागीको कारण र क्षतिको यकिन विवरण अझै आउन सकेको छैन। घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी तथा दमकल टोलीको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

short news

प्रतिकृया