• ५ साउन २०८३, मंगलबार
  • ९:३४ बिहान

अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता, यस्तो भयो वार्ता

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ११:३९

११ चैत,२०८२ काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछाने बीच मंगलबार टेलिफोन वार्ता भएको छ। अमेरिकी दूतावास काठमाडौं का अनुसार गोरले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजय प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई दिएका थिए।

वार्तामा अमेरिकाले नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढ गर्ने र दुई देशबीचको सम्बन्ध अझ गहिरो बनाउन उत्सुकता व्यक्त गरेको छ।

Kamana Sewa

प्रतिकृया