• १ असोज २०८३, बिहीबार
  • ९ः२९ राती

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०९:३२

११ चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। मंगलबार सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ११ बजे पुनः बस्न लागेको हो।

National Life

पार्टी प्रवक्ता देवराज चालिसे का अनुसार मंगलबारको बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए। बैठकमा १५औँ नियमित महाधिवेशनको तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन तथा भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका विषयमा व्यापक छलफल भएको थियो।

बैठकको सुरुवातमा पार्टी सभापति गगनकुमार थापा ले आगामी भदौ २४, २५ र २६ गते १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए। केन्द्रीय सदस्यहरूको बोल्ने क्रम अझै नसकिएकाले आजको बैठकमा बाँकी सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया