• १३ असोज २०८३, मंगलबार
  • ३ः२९ दिउँसो

नवनिर्वाचित सांसदलाई रास्वपाले प्रशिक्षण दिने

प्रकाशित मिति

२०८२ चैत्र २ गते, सोमबार ०९:२९

२ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूलाई चैत्र ३ र ४ गते काठमाडौँमा प्रशिक्षण दिइनेछ। उनले सबै नवनिर्वाचित सांसदहरूलाई सोही अनुसार तयारी अवस्थामा रहन आग्रह गरिएको जानकारी दिएका छन्।

National Life

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट प्रत्यक्षतर्फ १२५ जना निर्वाचित भएका छन् भने समानुपातिकतर्फ ५७ जना सांसद छानिएका छन्। प्रशिक्षणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, भूमिका र जिम्मेवारीबारे अभिमुखीकरण गराइने जनाइएको छ।

प्रतिकृया