• १४ असोज २०८३, बुधबार
  • ३ः०७ राती

कालंगा हाइड्रोको आईपीओ चैत १० गतेदेखि

प्रकाशित मिति

२०८२ चैत्र २ गते, सोमबार ०९:३६

२ चैत,२०८२ काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन २६ गते अनुमति पाएको हो।

National Life

यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३ लाख ५० हजार कित्ता शेयर छुट्याइएको छ।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रथम चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया