• १४ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे रिटको सुनुवाइ आज पनि

प्रकाशित मिति

२०८२ चैत्र २ गते, सोमबार ०९:१६

२ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ।

National Life

यो रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका क्रममा बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको थियो। आइतबार रिट निवेदक तथा सरकारी वकिलको बहस भएको थियो। आज बहस सकिएमा अदालतबाट आदेश आउने सम्भावना रहेको छ।

अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफललगायतले महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ताको कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कमजोर नबनाउन तथा कानुनी प्रक्रियामा अवरोध नहोस् भन्ने माग गर्दै परमादेश जारी गर्न आग्रह गरेका छन्।

महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले उक्त निर्णय आसन्न निर्वाचनलाई लक्षित गर्दै लामिछानेलाई उम्मेदवारी दिन तथा निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी गरिएको बताइएको छ।

प्रतिकृया