एमालेले समानुपातिकतर्फ १६ सम्भावित सांसदको नाम आयोगमा बुझायो,को-को परे ?
प्रकाशित मिति
२०८२ चैत्र १ गते, आईतवार ०४:१६
१ चैत,२०८२ काठमाडौं- नेकपा एमालेले समानुपातिकतर्फ पाउने सिटअनुसार १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ। आइतबार उक्त सूची आयोगमा बुझाइएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
एमालेले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यलाई सिफारिस गरेको छ। महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बरालको नाम सिफारिस गरिएको छ।
त्यस्तै पुरुषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरुषबाट कृपाराम राना, दलित महिलातर्फ विष्णुमाया विक र नीता घतानी, मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव, मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डल तथा मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गरिएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले ती नाम सिफारिस गर्ने निर्णय गरेको थियो।







प्रतिकृया