• १३ असोज २०८३, मंगलबार
  • २ः५० दिउँसो

राप्रपाले समानुपातिकतर्फ ४ सांसदको नाम टुंगो लगायो

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०४:०३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

National Life

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार समानुपातिक बन्दसूचीमा रहेका चार जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको हो।

सिफारिस गरिएका नामहरूमा भरत गिरी (खस आर्य पुरुष– महोत्तरी), ताहिर अली (मुस्लिम पुरुष– रुपन्देही), खुस्बु ओली (खस आर्य महिला– झापा) र सरस्वती लामा (जनजाति महिला– धादिङ) रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले विषम परिस्थितिमा पार्टीका उम्मेदवारलाई मतदान गर्ने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै ज्ञानेन्द्र शाहीलाई विजयी भएकोमा बधाई दिने निर्णयसमेत गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन्।

प्रतिकृया