• १८ असोज २०८३, आइतबार
  • ८ः५५ बिहान

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुने

प्रकाशित मिति

२०८२ फाल्गुन ३० गते, शनिबार ०८:१४

३० फाल्गुन,२०८२ काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा केही समयका लागि विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने जानकारी दिएको हो।

National Life

बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने ती फिडरबाट वितरण हुने ११ केभी लाइनको मर्मत तथा पोल व्यवस्थापनको काम गरिने भएकाले अस्थायी रूपमा विद्युत् कटौती गर्न लागिएको बताइएको छ। जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ पोल जडानका लागि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।

यस्तै, दिउँसो २ बजेदेखि ४ बजेसम्म मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा पनि विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ। निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा विद्युत् सेवा तत्काल नियमित गरिने प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया