• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, गोलाप्रथाबाट ४ लाख ५० हजार लगानीकर्ताले पाए शेयर

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार ११:१४

२९ फाल्गुन,२०८२ काठमाडौं- पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान बाँडफाँड गरिएको हो।

National Life

कम्पनीले फागुन १२ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यसमा कुल २४ लाख १३ हजार ५१७ जना लगानीकर्ताले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए।

२३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी ३६ हजार ८१२ आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँड गरिएको छ।यस अनुसार कुल ४ लाख ५० हजार लगानीकर्ताले १०–१० कित्ताका दरले शेयर पाएका छन्। आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेबसाइटमार्फत हेर्न सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया