• १७ असोज २०८३, शनिबार
  • १ः०६ दिउँसो

बहुमत जिते पनि यी १२ क्षेत्रमा रास्वपा उम्मेदवारको जमानत जफत

प्रकाशित मिति

२०८२ फाल्गुन २६ गते, मंगलवार ०३:२९

२६ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा विजय हासिल गरे पनि केही स्थानमा भने उम्मेदवारको जमानत जफत भएको छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रमा जित निकालेको रास्वपाका करिब एक दर्जन उम्मेदवारले आवश्यक मत नपाउँदा जमानत जफत भएको हो।

National Life

जुम्लामा रास्वपा उम्मेदवार बिनिता कठायतले ३९ हजार १७३ सदर मतमध्ये ५ सय मतसमेत कटाउन नसक्दा जमानत जफत भएको छ। रुकुम पूर्वमा रास्वपा उम्मेदवार लखनकुमार थापाले ८१९ मत मात्र पाएपछि जमानत जोगाउन सकेनन्।

यस्तै डोल्पामा देवसिंह ऐडीले १८१ मत, मुगुमा भुवन टमटाले ५३० मत र कालीकोटमा प्रकाश न्यौपानेले ३१०१ मत प्राप्त गर्दा जमानत जफत भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जाजरकोटमा राघव कार्कीले २४७१ मत, रुकुम पश्चिममा मानबहादुर शाहीले ४०७६ मत पाए पनि जमानत जोगाउन सकेनन्। हुम्लामा टासी ल्हान्जोम, अछाम–१ मा ओमप्रकाश रावल, ताप्लेजुङमा वीरेन्द्र श्रेष्ठ, पाँचथरमा महेन्द्रविक्रम थाम्सुहाङ र सोलुखुम्बुमा ऋषिधन थुलुङ राईको पनि जमानत जफत भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरे उम्मेदवारको जमानत (धरौटी) जफत हुने व्यवस्था रहेको छ।

प्रतिकृया