सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज राताम्य
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार ०३:२२
२६ फाल्गुन,२०८२ काठमाडौं- शेयर बजारमा मंगलबार गिरावट आएको छ। सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज भने राताम्य बनेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा पुगेको छ। प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाइ सरकार बन्ने चर्चा बढेसँगै सोमबार बजारमा उत्साह देखिएको थियो। तर उक्त उत्साह एक दिनमै कमजोर बन्दै बजार पुनः ओरालो लागेको हो।
आज बजारमा उच्च कारोबार भएको छ। ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा कुल २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १० उपसूचक घटेका छन्। फाइनान्स समूह २.०६ प्रतिशत, विकास बैंक समूह १.१६ प्रतिशत र वाणिज्य बैंक समूह १.२७ प्रतिशतले घटेका छन्।
यसदिन ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ। ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।








प्रतिकृया