समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, ५० लाखभन्दा बढी मत अरु दलको कति ?
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार १०:५६
२६ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत प्राप्त गर्दै अग्रता कायम राखेको छ।
हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। यो गणना भएको कुल मतको ४७.९१ प्रतिशत हो।
यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत मत प्राप्त गरेको छ।
नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मतसहित १३.५५ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको सदर मतको ७.३६ प्रतिशत हो।
श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गर्दै ३.४४ प्रतिशत मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मतसहित ३.१२ प्रतिशत मत प्राप्त गरेको छ।







प्रतिकृया