• १८ असोज २०८३, आइतबार
  • १०ः१३ बिहान

काभ्रेमा ८५ प्रतिशत उम्मेदवारको जमानत जफत, दुवै क्षेत्रमा रास्वपाको जीत

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ०९:५८

२५ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेबाट उम्मेदवारी दिएका करिब ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा कुल ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने देखिएको हो।

National Life

निर्वाचन आयोगका अनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने प्रावधानअनुसार धेरै उम्मेदवारले जमानत जोगाउन सकेनन्। कतिपय उम्मेदवारले १० मतसमेत कटाउन सकेनन्। काभ्रेमा कुल ३ लाख २६ हजार ६११ मतदाता रहेका छन्।

काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा कुल ९१ हजार १०१ मत खसेको थियो, जसमध्ये ८७ हजार १२४ मत सदर र ४ हजार ९७७ मत बदर भएको थियो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईं २९ हजार ६९८ मतसहित विजयी भए। नेपाली कांग्रेसका गुणराज मोत्तानले १९ हजार १६६, नेपाल कम्युनिस्ट पार्टीका दिनानाथ गौतमले १४ हजार १८४ र नेकपा (एमाले) का अमी तामाङले १३ हजार ८१४ मत प्राप्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी काभ्रे–२ मा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत भएको छ। यहाँ १ लाख ४ हजार ६४२ मत खसेको थियो, जसमध्ये ९९ हजार ५८० मत सदर र ५ हजार ६२ मत बदर भएका थिए। यस क्षेत्रमा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएका छन्। नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ र नेकपा (एमाले) का अशोक व्याञ्जूले १३ हजार ९४० मत प्राप्त गरेका छन्।

मतपरिणामअनुसार जिल्लामा धेरै उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन् भने केही स्वतन्त्र उम्मेदवारले एक अंकको मत मात्र प्राप्त गरेका छन्।

प्रतिकृया