• १८ असोज २०८३, आइतबार
  • १०ः५२ बिहान

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ०९:४६

२४ फाल्गुन,२०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

National Life

हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुँवालो लागेको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया