• १९ असोज २०८३, सोमबार
  • १०ः३९ बिहान

लुम्बिनी प्रदेशमा रास्वपाको वर्चस्व: २६ मध्ये २१ क्षेत्र जित्यो, कस्ले कति मत ल्याए?

प्रकाशित मिति

२०८२ फाल्गुन २४ गते, आईतवार ०४:५०

रुपन्देही- लुम्बिनी प्रदेशका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ क्षेत्रमा विजयी भई वर्चस्व कायम गरेको छ। यसअघिका ठूला दलमध्ये नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई–दुई क्षेत्र जितेका छन् भने नेकपा एमालेले एउटा क्षेत्र मात्र कब्जा गर्न सफल भयो।

National Life

प्रदेशका १२ जिल्लामा रास्वपाले नवलपरासी पश्चिम, रुपन्देही, गुल्मी, दाङ, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, बाँके, प्युठान र बर्दियाका बहुसंख्यक क्षेत्र जितेको छ। रुपन्देही, दाङ, नवलपरासी, गुल्मी र बर्दियामा रास्वपाले क्लिन स्विप गरेको छ।

यस निर्वाचनमा प्रदेशका ठूला नेता पराजित भएका छन्। नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, प्रदेश सभापति अमरसिंह पुन, जसपा नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला लगायत हार्ने पक्षमा परेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

केही मुख्य क्षेत्रका नतिजाः

  • रुकुम पूर्व: नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड १०,२४० मतसहित विजयी
  • रोल्पा: नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन २७,४६० मतसहित विजयी
  • नवलपरासी पश्चिम–१: रास्वपा विक्रम खनाल ४५,२४१ मतसहित विजयी
  • रुपन्देही–१: रास्वपा सुनिल लम्साल ५४,८४५ मतसहित विजयी
  • रुपन्देही–२: रास्वपा सुलभ खरेल ५६,५५० मतसहित विजयी
  • रुपन्देही–३: रास्वपा डा. लेखजंग थापा ५८,८१४ मतसहित विजयी
  • कपिलवस्तु–१: रास्वपा मोहन आचार्य ३४,१४८ मतसहित विजयी
  • कपिलवस्तु–३: नेपाली कांग्रेस अभिषेकप्रताप शाह २३,५३५ मतसहित विजयी
  • पाल्पा–१: नेपाली कांग्रेस सन्दीप राना १८,३३६ मतसहित विजयी
  • गुल्मी–१: रास्वपा सागर ढकाल २९,६४२ मतसहित विजयी
  • अर्घाखाँची: रास्वपा हरिप्रसाद भुसाल ३५,०२३ मतसहित विजयी
  • बाँके–१: रास्वपा सुरेशकुमार चौधरी ३२,७९२ मतसहित विजयी
  • दाङ–१: रास्वपा देवराज पाठक ४२,६०२ मतसहित विजयी
  • बर्दिया–१: रास्वपा ठाकुरसिंह थारु ४९,६३१ मतसहित विजयी
  • प्युठान: रास्वपा सुशान्त वैदिक २७,४६९ मतसहित विजयी

रास्वपाले लुम्बिनी प्रदेशमा स्पष्ट वर्चस्व कायम गर्दै ठूला दलहरूको प्रभुत्व चुनौतीपूर्ण बनाएको छ। निर्वाचन परिणामले प्रदेशको राजनीतिक नक्शा नयाँ रूपमा आकार लिन पुगेको छ।

प्रतिकृया