समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ?
प्रकाशित मिति
२०८२ फाल्गुन २४ गते, आईतवार ०४:३९
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ हालसम्म ४४ लाखभन्दा बढी मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख १ हजार ९३३ मत गणना भएको हो।
पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ। रास्वपाले २१ लाख ७२ हजार १९ मत प्राप्त गर्दै कुल गणना भएको मतको ४९.३४ प्रतिशत मत हासिल गरेको छ।
यस्तै नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत प्राप्त गरेको छ, जुन १६.८८ प्रतिशत हो। नेकपा (एमाले)ले ६ लाख ३२ हजार १६२ मत प्राप्त गर्दै १४.३६ प्रतिशत मत पाएको छ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले २ लाख ९४ हजार ९०० मत अर्थात् ६.७० प्रतिशत मत प्राप्त गरेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख ५८ हजार ८३० मत प्राप्त गर्दै ३.६१ प्रतिशत मत हासिल गरेको छ भने श्रम संस्कृति पार्टीले १ लाख २ हजार ६६० मत अर्थात् २.३३ प्रतिशत मत प्राप्त गरेको छ।
समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।








प्रतिकृया