• १९ असोज २०८३, सोमबार
  • ५ः५६ बेलुका

बालेनले खराब मौसममा हेलिकप्टर चढे, झापामा अवतरण नसक्दा काठमाडौं फर्किए

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ११:२४

२१ फाल्गुन,२०८२ काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान चलिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।

National Life

हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहीबार बिहान ९:१२ बजे झापाका लागि प्रस्थान गरेको थियो। तर खराब मौसमका कारण झापामा हेलिकप्टर अवतरण सम्भव नभएपछि पुनः काठमाडौं फर्किएको हो।

एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले पहिले नै पाइलटलाई मौसम प्रतिकूल भएको जानकारी दिएको भए पनि बालेनले उडान जारी राख्न दबाब दिएका थिए। हेलिकप्टर बिहान १०:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

शाहले बिहीबार बिहान काठमाडौंमा मतदान गरेका थिए र त्यसपछि झापातर्फ प्रस्थान गरेका थिए, तर मौसम प्रतिकूल भएपछि टोली काठमाडौंमै फर्किएको छ।

प्रतिकृया