• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार ०५:५७

२० फाल्गुन,२०८२ बैतडी- बैतडीमा नगदसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दोगडाकेदार गाउँपालिका–३ का भानदेव भट्टलाई ७९ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनलाई स्थानीय एक होटलबाट नगद वितरण गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलबाट निर्वाचनसम्बन्धी पर्चा तथा अन्य प्रचार सामग्रीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

Kamana Sewa

पैसा बाँड्दै गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो । सोही क्रममा नगद र निर्वाचन सामग्रीसहित भट्टलाई नियन्त्रणमा लिइएको हो ।

Classic Tech Desktop

प्रारम्भिक सोधपुछका क्रममा उनले आफू नेपाली कांग्रेसका कार्यकर्ता भएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया