• ३ साउन २०८३, आइतबार
  • ३:५० बेलुका

निर्वाचन बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार ०५:४७

२० फाल्गुन,२०८२ काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालसम्म निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान नभएको स्पष्ट पारे । उनले सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको र आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

Kamana Sewa

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले सुरक्षाकर्मीको बाक्लो उपस्थिति संवेदनशील अवस्थाको संकेत नभई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धताको रूपमा लिनुपर्ने बताए । “सरकार सुरक्षाका सन्दर्भमा बढी संवेदनशील भएर सुरक्षाकर्मी परिचालन भएको हुन सक्छ, तर यो नराम्रो लक्षण होइन,” उनले भने ।

Classic Tech Desktop

निर्वाचनको पूर्वसन्ध्यामा सडकमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन हुनुलाई आयोगले सकारात्मक रूपमा लिएको पनि उनले उल्लेख गरे । सम्भावित घटनालाई समयमै नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ ।

यसपटकको निर्वाचनमा मतदान प्रतिशत वृद्धि हुने अनुमान आयोगले गरेको छ । नयाँ मतदाता र युवाको सहभागिता बढेकाले मतदान दर उच्च हुने तथा प्रभावकारी निर्वाचन शिक्षाका कारण बदर मतको संख्या उल्लेख्य रूपमा घट्ने विश्वास आयोगले व्यक्त गरेको छ ।

प्रतिकृया