• २१ जेठ २०८३, बिहीबार
  • ९:४८ बिहान

निर्वाचन विदामा पनि बैंकहरु बैंकिङ्ग सेवा दिदैं

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार १२:५७

२० फाल्गुन,२०८२ काठमाडौं – नेपालमा सञ्चालित वाणिज्य तथा विकास बैंकहरूले आगामी प्रतिनिधिसभा निर्वाचनको दिन (फागुन २१) बाहेकका सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउने भएका छन्।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत देशका विभिन्न स्थानमा रहेका शाखा र काउण्टर खुला राख्ने जानकारी दिएका छन्। यस अनुसार, फागुन २० र २२ गते बैंकहरूले नगद काउन्टर, आइपीएस, क्लियरीङ र अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने छन्।

Kamana Sewa

बैंकहरूले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न आग्रह गरेका छन्। निर्वाचन आयोगको अनुरोधमा, राजनीतिक दल र उम्मेदवारहरूको नगद वा चेक भुक्तानीसम्बन्धी बैंकिङ सेवा पनि जारी रहने बताइएको छ।

Classic Tech Desktop

निर्वाचन आयोगको २०८२ फागुन १९ गतेको निर्णयअनुसार उम्मेदवार र दलहरूको आर्थिक कारोबारलाई सहज बनाउन तथा सरकारी राजस्व र भुक्तानी प्रक्रिया रोक्न नदिने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

प्रतिकृया