• १९ असोज २०८३, सोमबार
  • ७ः०४ बेलुका

इन्स्टाग्राममा १० करोड फलोअर पार गर्ने पहिलो विश्व नेता बने मोदी

प्रकाशित मिति

२०८२ फाल्गुन १४ गते, बिहीबार १२:२१

१४ फाल्गुन,२०८२ काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममा १० करोड (१०० मिलियन) फलोअर पुर्‍याउँदै नयाँ कीर्तिमान कायम गरेका छन्। यससँगै मोदी इन्स्टाग्राममा १० करोड फलोअर पार गर्ने विश्वकै पहिलो नेता तथा राजनीतिज्ञ बनेका छन्।

National Life

उनी सन् २०१४ मा इन्स्टाग्राममा आबद्ध भएका थिए। पछिल्लो एक दशकमा उनको आधिकारिक खाता विश्वका नेताहरूमध्ये सबैभन्दा सक्रिय र प्रभावशाली डिजिटल माध्यमका रूपमा विकसित भएको देखिन्छ। उनले राख्ने सामग्रीमा सरकारी गतिविधि, अन्तर्राष्ट्रिय भ्रमण, सांस्कृतिक कार्यक्रम तथा व्यक्तिगत झलकसमेत समेटिने गरेका छन्। डिजिटल माध्यममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिका कारण उनको सामाजिक सञ्जाल उपस्थिति झन् सशक्त बन्दै गएको विश्लेषण गरिएको छ।

मोदीपछि सबैभन्दा धेरै अनुयायी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका रहेका छन्। ट्रम्पका ४ करोड ३२ लाख अनुयायी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोका १ करोड ५० लाख, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका १ करोड ४४ लाख, टर्कीका राष्ट्रपति  रेसेप तैयप एर्दोगानका १ करोड १६ लाख तथा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई ६४ लाख अनुयायी रहेका छन्।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विश्वका नेताहरूको डिजिटल उपस्थितिले राजनीतिक संचारको शैली नै परिवर्तन गरिरहेको विश्लेषकहरू बताउँछन्।

प्रतिकृया