• १९ असोज २०८३, सोमबार
  • ७ः०४ बेलुका

जलेको निजी निवास अवलोकन गर्न बल्ल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

प्रकाशित मिति

२०८२ फाल्गुन १४ गते, बिहीबार १२:३८

१४ फाल्गुन,२०८२ काठमाडौं – पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान उनी काठमाडौंको बुढानीलकण्ठ–२ स्थित निवासमा पुगेर आगलागीबाट क्षतिग्रस्त संरचनाको निरीक्षण गरेकी हुन्।

National Life

भदौ २४ गते भएको आन्दोलनका क्रममा आन्दोलनकारीले विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी गर्दा भण्डारीको निजी निवास पनि जलेको थियो। आगलागीपछि सोही दिन सुरक्षाकर्मीले उनलाई सुरक्षित स्थानमा सारेका थिए।

त्यसयता पूर्वराष्ट्रपति भण्डारी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन्। आगलागीबाट भएको क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माणबारे आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया