• १४ असोज २०८३, बुधबार
  • ३ः१५ राती

निर्वाचनअघि एलपी ग्यास आपूर्ति सुनिश्चित, निगमले उच्च परिमाणमा आयात गरे

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०१:१०

१३ फाल्गुन,२०८२ काठमाडौं – नेपाल आयल निगम ले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ। कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट का अनुसार निर्वाचन अवधिमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको छ।

National Life

भारतीय आयल कर्पोरेसनबाट मंगलबार नेपालका लागि यो वर्षकै सबैभन्दा बढी ग्यास लोड भई प्रस्थान गरेको छ। निगमका अनुसार हिजो विभिन्न ग्यास डिपोबाट कुल १३८ बुलेट ग्यास लोड गरिएको छ, जुन करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर छ।

बरौनी डिपोबाट ३६, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास नेपालका लागि लोड भएको निगमले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भट्टले निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई नियमित बनाइएको बताए। उनले भने, “निर्वाचनको समयमा पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउनेछन्, आपूर्तिका सम्बन्धमा ढुक्क हुन आग्रह गर्दछु।”

प्रतिकृया