• ४ साउन २०८३, सोमबार
  • ५:०३ बिहान

गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाइतेहरूको अवस्थाबारे लिए जानकारी

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ०८:५४

११ फाल्गुन, २०८२  काठमाडौं – धादिङमा भएको बस दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्याल घाइतेहरूलाई भेट्न अस्पताल पुग्नुभएको छ। सोमबार अपरान्ह मन्त्री अर्याल कलंकीस्थित नेपाल नेसनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्दै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी हाल कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर तथा धादिङस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Kamana Sewa

भेटका क्रममा मन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै दुर्घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानूनी दायरामा ल्याइने बताए।

Classic Tech Desktop

दुर्घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ।पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ः३० बजे बेनिघाट रोराङ गाउँपालिका–५ भंसेगौडा स्थित त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

प्रतिकृया