• १९ असोज २०८३, सोमबार
  • ७ः३९ बेलुका

भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु

प्रकाशित मिति

२०८२ फाल्गुन ७ गते, बिहीबार १०:३५

७ फाल्गुन, २०८२ काठमाडौं – भरतपुर विमानस्थलमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सुरु गरिएको छ। नेपाल आयल निगमले बुधबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो।

National Life

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रुको चाप बढ्दै गएकाले रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए। हवाई इन्धन अभावका कारण यात्रुलाई असुविधा नहोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको उनको भनाइ छ।

हाल भरतपुरबाट दैनिक आठवटा उडान भइरहेको जनाउँदै उनले आवश्यकताअनुसार हवाई इन्धन उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको जानकारी दिए। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विमानस्थलमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिनेछ। प्रारम्भिक चरणमा सिनामङ्गल कार्यालयअन्तर्गतका छ जना कर्मचारीमार्फत सेवा सञ्चालन गरिएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल भरतपुर–काठमाडौँ–भरतपुर नियमित उडानका साथै आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान भइरहेको छ। बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिलिङ काउन्टर सञ्चालनमा आएसँगै जहाजले काठमाडौँबाट तेल बोकेर आउनुपर्ने बाध्यता अन्त्य भएको र थप यात्रु बोक्न सहज भएको बताए।

प्रतिकृया