• ४ साउन २०८३, सोमबार
  • १:५५ बिहान

प्रतिनिधिसभा निर्वाचन आउन १४ दिन बाँकी, अस्थायी मतदाता नामावली कार्यविधि जारी

प्रकाशित मिति

२०८२ फाल्गुन ७ गते, बिहीबार १०:२८

७ फाल्गुन, २०८२ काठमाडौं –  ‘जेनजी आन्दोलन’पछि हुन लागेको प्रतिनिधिसभा निर्वाचन आउन अब १४ दिन मात्र बाँकी रहेको छ। निर्वाचनको तयारी तीव्र भइरहेका बेला निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै कार्यविधि बनाएको जनाएको छ। कार्यविधिअनुसार स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गरिनेछ। आवश्यकता अनुसार उक्त सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

Kamana Sewa

कार्यविधिमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी तथा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश हुने उल्लेख छ।

Classic Tech Desktop

आयोगका अनुसार यदि कसैको नाम छुटेको वा नाम तथा विवरणमा त्रुटि भएको पाइएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ। आयोगले मतदाता नामावलीलाई व्यवस्थित र अद्यावधिक बनाउँदै निष्पक्ष तथा विश्वसनीय निर्वाचन सम्पन्न गर्ने तयारीलाई अघि बढाएको जनाएको छ।

प्रतिकृया