• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रकाशित मिति

२०८२ फाल्गुन ७ गते, बिहीबार १०:१०

७ फाल्गुन, २०८२ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीले विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

एमालेका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य लक्ष्यका रूपमा अघि सारिँदै सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिनेछ। आर्थिक विकासलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने र युवालाई देशमै रोजगारीको अवसर उपलब्ध गराउने विषयमा विशेष जोड दिइने बताइएको छ।

Kamana Sewa

पार्टीले मुलुकमा राजनीतिक स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्तासमीकरण आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य राखेको जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया