• ४ असोज २०८३, आइतबार
  • २ः४२ दिउँसो

टी–२० विश्वकपमा ऐतिहासिक जीत: स्कटल्याण्डमाथि नेपाल ७ विकेटले विजयी, १२ वर्षपछि सफलता

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार १०:४८

५ फाल्गुन, २०८२ काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डमाथि सानदार जित निकालेको छ। मुम्बईको वानखेडे मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराउँदै १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो जित दर्ता गरेको हो।

National Life

नेपाल राष्ट्रिय क्रिकेट टोली ले स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। जितका नायक बने दीपेन्द्र सिंह ऐरीले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई विजयी लक्ष्यसम्म पुर्‍याए। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यो उनको जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक हो।

ओपनर कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन बनाउँदै बलियो सुरुआत दिलाएका थिए। पछि गुल्सन झाले अविजित २४ रन जोड्दै उत्कृष्ट साथ दिए।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली ले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए। नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने नन्दन यादवले २ विकेट झारे।

सुपर एट पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल यसअघि इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएपछि समूह चरणबाट बाहिरिसकेको थियो। तर अन्तिम खेल जित्दै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

प्रतिकृया