• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

ओलीले झापा–५ उपनिर्वाचनका लागि ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक(पूर्णपाठसहित)

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ०५:३८

५ फाल्गुन, २०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ का लागि ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाइएको उक्त पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता, भौतिक पूर्वाधार र राजनीतिक स्थायित्वलाई मुख्य प्राथमिकतामा राखिएको छ। एमालेले राजनीतिक अस्थिरता र पपुलिज्मको विरोध गर्दै सामाजिक सञ्जाल तथा कृत्रिम बुद्धिमत्ताको दुरुपयोगबाट फैलिएका तथ्यहीन जानकारीलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Kamana Sewa

प्रतिबद्धता पत्रमा विगतका रोकिएका विकास आयोजना पुनः अघि बढाउने, दमक सभाहल सञ्चालन गर्ने, आदिवासी सङ्ग्रहालय निर्माण गर्ने र प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यसमेत राखिएको छ। ओलीले झापा–५ का मतदातालाई आफ्नो मत दिएर विजयी गराउन अपील गर्दै निर्वाचित भएमा यी बुँदाहरू कार्यान्वयन गर्ने दाबी गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया