वीरगन्ज भन्सारले सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८८ प्रतिशत मात्र पूरा
प्रकाशित मिति
२०८२ फाल्गुन ३ गते, आईतवार ११:३४
३ फाल्गुन, २०८२ काठमाडौं – वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले सात महिनासम्म १ खर्ब ५३ अर्ब ८४ करोडको लक्ष्य राखेको भए पनि ८८.०७ प्रतिशत मात्र प्राप्त भएको हो।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार भन्सार सङ्कलन यस अवधिमा उत्साहजनक रहेको छ। कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड, र पुसमा २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको थियो।
माघ महिनामा २१ अर्ब २९ करोडको लक्ष्य राखे पनि १८ अर्ब ९० करोड मात्र सङ्कलन भएको छ। भन्सार विभागले सम्पूर्ण वर्षका लागि वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।
Related
Recent News
- रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’कार्यक्रम भव्य रूपमा सम्पन्न
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया