• १ असोज २०८३, बिहीबार
  • १०ः०९ बिहान

महाशिवरात्रि आज देशभर मनाइँदै, शिवालयमा भक्तजनको घुइँचो

प्रकाशित मिति

२०८२ फाल्गुन ३ गते, आईतवार ०८:१६

३ फाल्गुन, २०८२ काठमाडौं – प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ। शास्त्रीय मान्यताअनुसार यसै तिथिको मध्यरातमा शिवरूप प्रकट भएकाले आजको दिन विशेष पूजाआजा, व्रत र जाग्राम बस्ने परम्परा रहेको छ।

National Life

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालय पुगेर श्रद्धाभक्तिपूर्वक पूजा–अर्चना गरिरहेका छन्। शिवरात्रिलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ।

भक्तजनले आज व्रत बसी भगवान् शिवलाई दूध, धतुरो र बेलपत्र चढाउने चलन छ। उपवास र रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने तथा दुःख–कष्टबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ। महादेवलाई जाडो लाग्ने जनविश्वासअनुसार घर, चोक तथा मठ–मन्दिरमा धुनी बालेर भजनकीर्तन गर्ने परम्परा पनि छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष पूजा, चार प्रहरको आराधना, दीपोत्सव तथा बेलपत्र अर्पण कार्यक्रम आयोजना गरिँदैछ। शिवरात्रि मेलाका लागि देशका विभिन्न स्थानका साथै भारतबाट समेत तीर्थयात्रीहरू आइपुगेका छन्।

प्रतिकृया