सात दिन झापा भ्रमणमा रहेका ओली फर्किए काठमाडौं
प्रकाशित मिति
२०८२ माघ २९ गते, बिहीबार ०५:४९
२९ माघ,२०८२ काठमाडौं – सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ को मतदातासँग सात दिनसम्मको भेटघाटपछि काठमाडौं फर्किएका छन्। उनले कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाका मतदातासँग व्यक्तिगत भेटघाट गरेका थिए।
निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार, ओलीले कमल गाउँपालिकाका सबै वडाका मतदातासँग भेट गरेका थिए भने गौरादह नगरपालिकाका आठ वडा र गौरिगञ्ज गाउँपालिकाका तीन वडामा भेटघाट र छलफल सम्पन्न गरेका थिए।
ओली माघ ५ गते झापा आएका थिए र दमक नगरपालिकाका पार्टी कमिटीका पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए। उनका भेटघाटहरू सार्वजनिक मञ्चभन्दा अनौपचारिक कार्यक्रममा केन्द्रित थिए।
भेटघाटका क्रममा ओलीले मतदाताहरूसँग भने, “झापालाई मैले मत लिने मात्र ठाउँको रूपमा कहिल्यै सोचिनँ, सुख–दुःखमा जहिल्यै झापालीसँगै रहेँ।” उनको फेसबुक पेजमा समेत ‘हामी झापाली’ अभियान सुरु भएको छ र स्थानीय क्याफे, होटल तथा रेष्टुरेन्टमा सम्बन्धित स्टिकर टाँसिएको छ।








प्रतिकृया