• १९ असोज २०८३, सोमबार
  • ८ः१६ राती

नेप्से ८.९७ अंकले उकालो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ०३:३४

२९ माघ,२०८२ काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ८.९७ अंकले बढेर २६७१.०७ बिन्दुमा पुगेको छ। आजको कारोबारमा बजारमा उत्साह देखिएको छ। आज ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबारका क्रममा ८ वटा उपसूचक हरियाली देखिएका छन्। सर्वाधिक वृद्धि विकास बैंक र हाइड्रोपावर समूहमा देखिएको छ। विकास बैंक समूहको सूचक १.१८ प्रतिशतले बढ्दा हाइड्रोपावर समूह ०.९७ प्रतिशतले उकालो लागेको छ।

आज १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ। ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया