रामकुमारी सानी बैनीलाई गाली नगर्नू, म बेकुफ नै हो : महावीर पुन
प्रकाशित मिति
२०८२ माघ २९ गते, बिहीबार ०२:३३
२९ माघ,२०८२ काठमाडौं – महावीर पुनले नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई आफूलाई गाली नगर्न आग्रह गरेका छन्।बिहीबार सार्वजनिक गरिएको एक भिडिओ सन्देशमार्फत पुनले झाँक्रीमाथि तीखो व्यङ्ग्य गर्दै आफू “बेकुफ नै भएको” बताउँदै गालीगलौज नगर्न अनुरोध गरेका हुन्।
उनले सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमा मर्यादा कायम गर्नुपर्ने उल्लेख गर्दै असहमतिलाई सभ्य ढंगले राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
भिडिओ सन्देशमा उनले भनेका छन्:
उनले भनेको कुरा पनि ठिकै हो, म बेकुफ नै हो । बेकुफ नभएको भए म कहाँ नेपालमा आएर डुल्थेँ त अनि । अहिलेसम्म जागिर गरेको छैन यत्रो अमेरिकामा पढेको मान्छे, जागिर नगर्ने मान्छे बेकुफ नभएर के हुन्छ त ? अनि केही व्यापार व्यवसाय गर्न जान्दै जान्दैन यो बेकुफले, खेती किसानी गर्न जानेकै छैन, त्यही डुल्नु मात्रै जानेको छ । गाउँगाउँ डुल्ने, गाउँलेलाई सघाउँछु भन्ने, गाउँलेले जे दिन्छन् त्यही खाने, जहाँ सुताउँछन् सुत्ने, अब यस्तो मान्छे बेकुफ नभएर के हुन्छ ?
अनि त्यत्रो सरकारले गर्नुपर्ने काम राष्ट्रिय आविष्कार केन्द्रजस्तो अनुसन्धान केन्द्र, नवप्रवर्तन केन्द्र खोल्छु भनेर उफ्रिने त्यो मान्छे महाको बुकुफ हो । ३० वर्षदेखि नचलेको वीरगञ्जको कवाडी कारखाना कृषि औजार कारखानालाई किताब बेचेर चलाउँछु भन्ने मुर्दार बेकुफ हो त्यो त ! त्यो जस्तो बेकुफ मान्छेलाई बेकुफ भनिन् एकदम ठिक भनिन् है । कसैले गाली नगर्नू ।








प्रतिकृया