• १३ असोज २०८३, मंगलबार
  • १ः२७ दिउँसो

रामेछाप बस दुर्घटना: मृतक संख्या १२ पुग्यो

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ०३:१४

२७ माघ,२०८२ रामेछाप — रामेछापस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाका अनुसार घटनास्थल र उपचारका क्रममा गरी १२ जनाको मृत्यु भएको हो।

National Life

उनका अनुसार नदीमा खसेको बसबाट थप ६ वटा शव फेला परेसँगै मृतक संख्या बढेको हो। ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज बिहान मचानेटार क्षेत्रमा सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीसहित सुरक्षाकर्मीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। अरनिको यातायात समितिका अनुसार जडीबुटी र चाबहिलबाट केही यात्रुले टिकट काटेको विवरण खुलेको छ भने अन्य यात्रुको संख्या यकिन हुन बाँकी छ।

प्रतिकृया