भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय
प्रकाशित मिति
२०८२ माघ २६ गते, सोमबार १२:५१
२६ माघ,२०८२ काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडको सर्वसाधारणतर्फ निष्कासन गरिएको आईपीओ भोलि (माघ २८ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आईपीओ मंगलबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरिएको छ।
कम्पनीले माघ १२ देखि १५ गतेसम्म खुला गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जना आवेदकले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन्, जुन माग गरिएको परिमाणभन्दा ३७.०९ प्रतिशत बढी हो।
सर्वसाधारणका लागि छुट्याइएको ८ लाख ३० हजार कित्तामध्ये ८३ हजार आवेदकले मात्रै न्यूनतम १०/१० कित्ताका दरले सेयर पाउनेछन् भने करिब साढे २४ लाखभन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ।
कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण गरी २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा र प्रबन्ध निर्देशक माधव राज आचार्य रहेका छन्।








प्रतिकृया